लागूऔषधसहित धराने युवक पक्राउ

लागूऔषधसहित धराने युवक पक्राउ

सुनसरी धरान उप-महानगरपालिका ८ बाट मंगलबार प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको टोलीले सुनसरी धरान १० बस्ने २० बर्षिय शम्भु श्रेष्ठलाई १ सय ४० थान स्पास्मोप्रोक्सिभन ट्याबलेट र १०बोतल रेस्कापसहित पक्राउ गरेको हो।
को १४ प ११७६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई ईटहरीबाट धरान आउने क्रममा चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध फेलापारी नियन्त्रणमा लिईएको हो। उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्