अवैधानिक रुपमा दुबई पुगेका १२ महिला कामदार फिर्ता, मोरंग-झापाका महिला पनि थिए

<span class='c1'>अवैधानिक रुपमा दुबई पुगेका १२ महिला</span> <span class='c2'>कामदार फिर्ता, मोरंग-झापाका महिला पनि थिए</span>

काठमाडौं , वैशाख २०, अवैधानिक रुपमा भारत हुँदै दुबई पुगेका १२ जना महिला कामदार फिर्ता भएका छन् । उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर दुबई पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुबेत जान भनेर हिँडेका महिलालाई  दुबईबाट  उद्धार गरेर नेपाल फर्काइएको हो । उद्धार गरिएका महिलाहरु बर्दिया, महोत्तरी, भक्तपुर, धनकुटा, झापा, सिन्धुपाल्चोक, मकवानपुर, मोरङ लगायत जिल्लाका हुन् ।

उद्धार गरिएका कतिपय महिलाकोे पासपोर्ट २०१२ मै विदेश गएको भिसा लागेको पाइएको छ । भारतको बाटो भएर उनीहरु विदेश गएका हुन् ।नेपाल र भारतबीच भारतको बाटो भएर नेपाली कामदार नपठाउने समझदारी छ । तर, उनीहरु भारतबाटै गएको पाइएको छ ।सरकारले वैधानिक रुपमा घरेलु कामदार विदेश जान रोकेपछि दलालहरु थप सक्रिय भएका छन् । महिलाहरू असुरक्षित रूपमा बाहिरिने क्रम पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्