बसपार्कमा बसले किचेर एक बालिकाको घटनास्थलमा नै मृत्यु

<span class='c1'>बसपार्कमा बसले किचेर एक</span> <span class='c2'>बालिकाको घटनास्थलमा नै मृत्यु</span>

कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मङ्गलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ ।बसपार्कभित्र पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतीय नागरिक बङ्गाली बुबाआमासित यहाँको पुरानो बसपार्क क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ । बस प्रहरीले नियन्त्रणमा लिएको छ भने बालिकाको शवको घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्