सुराकी लगाएर प्रहरीद्वारा २२ केजी लागुऔषध वरामद, दुई अाराेपी सार्वजनिक

सुराकी लगाएर प्रहरीद्वारा २२ केजी लागुऔषध वरामद, दुई अाराेपी सार्वजनिक

विराटनगर २० वैसाख । अवैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरी पक्राउ गरी बुधबार सार्वजनिक सार्वजनिक गरेको छ ।
बिशेष सुराकीको आधारमा विराटनगर ७ स्थित विराटनगर रंगेली सडक खण्डको हाटखोला कारागार अगाडी सिटी रिक्सामा चेकजाँच गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भाथिगछ गाविस २ बस्ने बर्ष २० को जितेन ठाकुर र २० बार्ष कै ज्योतिष कुमार राजबंशी रहेका छन् ।
उनीहरुले साथमा बोकेको रातो रङको R POLO CLUB SOFT LUGGAGE लेखिएको सुटकेशमा सेतो प्लाष्टिकमा प्याकिङ गरी प्याकेट बनाईएका १ केजी दरका २२ वटा प्याकेटहरू गरी जम्मा २२ केजी लागु औषध गाँजा फेला पारेको थियो ।
उनीहरुलाई कानून बमोजिम बरामद गरी निज ज्योतिष कुमार राजबंशी, जितेन ठाकुर र सिटी सफारी चालक जिल्ला मोरङ विराटनगर उ.म.न.पा. वडा नम्बर ६ बस्ने बर्ष ३७ को तेज नारायण राजबंशीलाई को १ ह ६१७३ नम्बरको सिटी सफारी सहित नियन्त्रणमा लिई आजै लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरि सम्मानित अदालतबाट म्याद थप गरिएको ।
यस अगाडी पनि मोरङ प्रहरीले बिभिन्न मितिमा गाँजा र केही समय अगाडी ५२ केजी चरेश सहित मानिस समातेको मोरङ प्रहरीले जाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्