विराटनगरका पत्रकारको आँखा तथा कानको चेकजाँच

विराटनगरका पत्रकारको आँखा तथा कानको चेकजाँच

विराटनगर, २० वैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा बुधबार नेपाल पत्रकार महासघ मोरङले पत्रकारलाई लक्षित गर्दे विराटनगरमा आखा तथा कान निशुल्क शिविरको आयोजना गरेको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा महांसघको शाखा कार्यालयमा निशुल्क आखाँ तथा कान शिविर आयोजना गरिएको हो । शिविरमा विराटनगरका क्रियाशिल पत्रकारहरुले आखाँ र कानको निशुल्क परिक्षण गरेका थिए । जनताहरुलाई सुसुचित गर्ने सञ्चारकर्मिमा लाई आखाँ र कानको समस्या अधिक रहेको अवस्थामा सो परिक्षण गरिएको विराटनगर आँखा अस्पतालको नेत्र रोग विशेषज्ञ डा दिपेन्द्र चौधरीले जानकारी दिए । शिविरमा संलग्न डा चौधरीका अनुसार सवैभन्दा वढि सचारकर्मीमा नजिकको वस्तु कम देखिने समस्या भेटिएको र यसैरी कानको जालीमा समस्याका कारण कान कम सुन्ने समस्या वढि पाइएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको एक दिने शिविरमा विभिन्न सञ्चारमा आबद्ध कार्यरत ७० जना भन्दा वढि पत्रकारहरुले सेवा लिएका थिए । आम सञ्चारकर्मिहरुको सहजरुपले स्वास्थ्य सेवा पुगोस भन्ने उद्धेश्य महासघले शिविर आयोजना गरेको नेपाल पत्रकार महासघका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्