दुर्घटनामा विराटनगरका युवासहित अन्य दुइ घाइते, विराटनगरमा उपचार हुँदै

दुर्घटनामा विराटनगरका युवासहित अन्य दुइ घाइते, विराटनगरमा उपचार हुँदै

मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राजमार्गमा दुइ वटा माेटरसाइकललाइ ट्याक्टरले ठक्कर दिदा तिन जना घाइते भएका छन् ।
प्रहरीकाे अनुसार पहिले को ३ प ५४६० नम्बरको मोटरसाइकल र को २८ प ८५९१ नम्बरको दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ आउँदैगरेको को २ त ३८९९ नम्बरको ट्रयाक्टरले उक्त दुवै मोटरसाइकललाई ठक्कर दिँएकाे थियाे ।
उक्त ठक्करबाट मोटरसाइकलमा सवार विराटनगर-५ बस्ने २१ बर्षिय अनिश निरौला, बुढिगँगा गाउँपालिका-७ बस्ने बर्ष ४३ को श्याम कुमार पण्डित र पछाडी सवार ३५ बर्षिया द्रौपति पण्डित घाइते भएकी थिइन्।
द्रौपतीको न्युरो अस्पताल विराटनगर अन्यको बिराट मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै मोटरसाइकल र ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएकाे छ भने टयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्