सुनसरीको हरिनगरा गाउँपलिका-७ घुस्कीमा बुधबार उमालेको पानीमा डुबेर एक नाबालकको ज्यान गएको छ।
कोशी गाउँपालिका ३ बस्ने जियाउदिन अन्सारीको ७ महिनाको नाबालक छोरा नासिम अन्सारीको उमालेको पानीको भाँडोमा डुबेर ज्यान गएको हो। बिहान ११;३० बजेतिर नाबालकको आमा सोगर खातुनले माइती घर घुस्कीमा काखीमा च्यापेर बसीरहेको अबस्थामा उठ्ने क्रममा अचानक चिउरा बनाउन उमालेको पानीमा खसेर नाबालक गम्भिर घाइते थिए।
उनलाई तत्काल उपचारकालागी अस्पताल लैजान लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।