नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध उम्मद्वारी दर्ता गर्नेलाई चेतावनी

<span class='c1'>नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध</span> <span class='c2'>उम्मद्वारी दर्ता गर्नेलाई चेतावनी</span>

काठमान्डौ बैशाख २१ ,

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध उम्मेद्वारी दर्ता गरेकाहरुलाई उम्मद्वारी फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय निर्वाचनमा बागी उम्मेद्वारको उम्मेद्वारी परेपछि यस्तो निर्देशन दिइएको हो ।
सार्वजनिक सूचना जारी गरि कांग्रेसले आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दर्ता गरे गराएको भए आज साँझ ५ बजेसम्मको समयमा उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको हो । साथै, आधिकारिक उम्मेद्वारलाई विजयी गराउन पनि आग्रह गरिएको छ । उम्मेद्वारी फिर्ता नलिए त्यस्ता उम्मेद्वार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्काशन गरिनेसमेत चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्