काठमाडौं बैशाख २१ । निर्वाचन आयोगले वेशाख ३१ गते आइतबार स्थानीय तहको चुनावको लागि सार्वजनिक विदा दिन सरकारसमक्ष प्रस्ताव गरेको छ । स्थानीय तहको चुनाव हुने ३ प्रदेशका ३४ जिल्लामा सो दिन सार्वजनिक विदा दिने प्रस्ताव आयोगले सरकारलाई गरेको हो ।
यसैगरी सम्पूर्ण सरकारी तथा निजी शैक्षिक संस्थाहरु वैशाख २५ देखि ३१ गतेसम्म विदा दिन पनि आयोगले सरकारलाई प्रस्ताव गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
तीन प्रदेशका ३४ जिल्लामा २ सय ८३ स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदैछ । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।