दिशापिसाब गर्न जाँदा भिरबाट लडेर बृद्धको मृत्यु

<span class='c1'>दिशापिसाब गर्न जाँदा भिरबाट</span> <span class='c2'>लडेर बृद्धको मृत्यु</span>

संखुवासभाको मकालु गाउँपालिका ५ नमुदोभानस्थित सिम्ले चौतारा भन्ने ठाउँमा बिहिबार लडेर एक बृद्धको मृत्यु भएको छ।
भोटेखोला गाउँपालिका ४ बस्ने अन्दाजी ६० बर्षिय जुम्बा भोटेको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
बाटोमा हिडिरहेका उनी दिशापिसाब गर्न गएका बेला अचानक लडेर २० मिटर तल बाटोमा खसेर घाईते भएका थिए।
लडेर घाईते भएको खबर पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटि गई उपचारकालागी स्थानीय स्वास्थ्य चौकी नुममा पठाईएकोमा उपचारको क्रममा भोटेको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्