सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका-४ मा शनिबार लेक लागेर एक बृद्धको ज्यान गएको छ।
साँझ ५ बजेतिर सगरमाथा आधार सिबिर बेशक्याम्प-१ बाट बेशक्याम्प-२ तर्फ जाने क्रममा वतन नखुलेको ८६ बर्षिय मिन बहादुर शेरचनको एक्कासी लेक लागेर मृत्यु भएको प्रहरी चौकी खुम्जुङले जनाएको छ।
त्यस्तै खुम्जुङ-९ घर भई हाल खुम्बु पासाङल्हमु गाउँपालिका-४ फोर्चे बस्ने १६ बर्षिय तेन्जिङ टासी शेर्पा हिमाल चड्ने बाटो बनाउदै अगाडि जाने क्रममा चिप्लिएर घाइते भएका छन्।
उनलाई उपचारकोलागी हेलिकप्टर बाट काठमाडौं स्थित ग्राण्डि अस्पताल लगिएको प्रहरीले जानएको छ।