१ जनाको मृत्यु र १३ जना घाइते हुने गरि पर्याे चट्याङ

१ जनाको मृत्यु र १३ जना घाइते हुने गरि पर्याे चट्याङ

पूर्वका विभिन्न जिल्लाहरुमा शुक्रबार साँझ परेको चट्याङले एक जनाको ज्यान गएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

खोटाङः खोटाङको रुपाकोट मझुवागढी नगरपलिका ५ बस्ने ४३ बर्षिय शेर बहादुर कटवालको चट्याङ लागेर मृत्यु भएको छ।
उनी आफनै घरमा बसी रहेको अवस्थामा दिउँसो १;३० बजेतिर परेको चट्याङ लागेर गम्भिर घाइते भएका थिए। उनको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ।
त्यसैगरी सोही नगरपलिका-४ खाल्डे बस्ने केदार खत्रीको ७ बर्षिया छोरी सुस्मिका खत्री, सोही ठाउँका कुमार खत्रीको ७ बर्षिया छोरी सुस्मा खत्री, सोही नगरपलिका-५ लफ्याङ बस्ने ४५ बर्षिया प्रबिता श्रेष्ठ र उनकै छोरी २६ बर्षिय अन्जु श्रेष्ठ घाइते भएका छन्। घाइते चारैजनालाई जिल्ला अस्पताल दिक्तेल ल्याएकोमा थप उपचारकोलागी काठ्मान्डौ लगिएको प्रहरीले जनाएको छ।

पाँचथरः पाँचथरको फिदिम नगरपालिका-१३ जरबुटे साङखेलुङ हाईड्रो पावरमा परको चट्याङले सोही ठाउँका २७ बर्षिय भद्र दुलाल, २५ बर्षिय प्रदिप राई, ३३ बर्षिया जमुना राई र उनकै छोरा ६ बर्षिय केरबिक राई घाइते भएका छन्। घाइते सबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने चट्याङ लागेर भद्र दुलालको भैँसी समेत मरेको जानकारी प्राप्त भएको छ।
यस्तै पाँचथरकै फालेलुङ गाउँपालिका-७ बस्ने बस्ने ३० बर्षिय मन कुमार केरुङ समेत चट्याङ लागेर घाइते भएका छन्। स्थानीय धन माया आङबोको घरमा पानी परेको अवस्थामा ओत लाग्ने क्रममा उनलाई अचानक चट्याङ लागेको थियो। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङ गाउँपलिका-४ बस्ने ५६ बर्षिय चन्द्र बहादुर रसाइली चट्याङ लागेर घाइते भएका छन्।
उनको स्थानीय स्वास्थ्य चौकी गुदेलमा उपचार भइरहेको छ। यस्तै सोलुखुम्बुकै सोताङ गाउँपलिका-५ बस्ने ३० बर्षिया सन्चमाया राई चट्याङ लागेर घाइते भएकी छिन्। उनको स्थानिय प्राथमिक स्वास्थ्य चौकी सोताङमा उपचार भइरहेको छ।
यस्तै सोही गाउँपालिका-५ बस्ने १३ बर्षिय प्रबिण राई समेत चट्याङ लागेर घाइते भएका छन्। उनको प्राथमिक स्वास्थ्य चौकी सोताङमा उपचार भइरहेको छ।

झापाः झापाको हल्दिबारी गाउँपालिका-५ स्थित कंनचनश्री बजार नजिकै बस्ने अनन्दाजही ४५ बर्षिय पशुपति फुयल चट्याङ लागेर गम्भिर घाइते भएका छन्। उनको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्