सारडा र राउत विच नै अध्यक्षका लागि भिड्न्त हुने

सारडा र राउत विच नै अध्यक्षका लागि भिड्न्त हुने

मोरङ व्यापार संघको ३१ औ कार्य समितिकालागि अहिले २९ सदस्यको लागी मतदान भईरहेको छ । २९ सदस्यको लागी जम्मा १७ सय ४३ जनाले अहिले मदतदान गरिरहेका छन् । पहिले सदस्यको लागी मतदान भईसकेपछी २९ जना सदस्यहरुले अध्यक्षका लागी मतदान गर्नेछन् । अन्ततः राउत समूह र मुन्दडा समूहमा विभाजित मोरङ व्यापार संघमा सारडा मुन्दडाको सहमतिमा अध्यक्ष बन्ने तयारीमा लागेका छन् ।संघमा वाणिज्य क्षेत्रबाट ८ जना र उद्योग क्षेत्रबाट ८ जना सदस्य निर्वा्चित हुन्छन् । त्यस्तै वस्तुगत क्षेत्रबाट दुईजना र शाखाहरुबाट एक जना निर्वा्चित हुन्छन् । यी सदस्यहरुबाट अध्यक्ष र पदाधिकारी बन्ने प्रावधान रहेको छ ।
अहिलेको कार्यसमितिमा रहेका सुनिल टिवडेवाल केही समयअघि राउत समूहमा भएपनि अहिले खेमा परिवर्तन गरेर सारडाको नजिक पुगेको बताइएको छ । त्यस्तै वाणिज्य क्षेत्रमा दशजना उम्मेदवार छन् । त्यसमा सारडा समूहका प्रकाश मुन्दडासहित अनिलकुमार साह, नविन रिजाल, पियुष तोदी, विकासकुमार बेगवानी, मनिष मारु, मुकेशकुमार राठी र सुशीलकुमार जोशी छन् । सन्तोष चौधरी र कृष्णकुमार लोहिया कसैको पक्षमा खुलेका छैनन् ।
बर्तमान सचिव रहेका अनिलकुमार साह केही अघिसम्म राउतकै पक्षमा देखिन्थे । अहिले उनी कित्ता परिवर्तन गरी अर्को समूहमा गएका छन् । दुबै पक्षको दाबी अनुसार उद्योग क्षेत्रमा राउत समूह र वाणिज्य क्षेत्रमा सारडा समूहका प्रतिनिधिहरु विजयी हुनेछन् । तर, दुवै समूह दुवैतिर खेलेर आफ्ना पल्ला भारी बनाउने कसरतमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्