विराटनगरका पत्रकार शिव.बा कार्की राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित (प्राेफाइल सहित)

विराटनगरका पत्रकार शिव.बा कार्की राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित (प्राेफाइल सहित)

विराटनगर २४ बैसाख । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्व अध्यक्ष तथा दर्शन दैनिक पत्रिकाका सम्पादक शिव बा. कार्कीलाई प्रदान गरेको छ ।

[caption id="attachment_32826" align="aligncenter" width="960"] तस्विर साभार: सुभाष कार्कीकाे फेसबुक[/caption]

पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको थियो । बरिष्ठ पत्रकार सम्मान पाउने अन्य पत्रकारमा दाङका नारायणप्रसाद शर्मा, काठमाडौंकी कृष्णा ताम्राकार र तनहुँका विश्वबन्धु भण्डारी छन् ।
त्यस्तै यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार पनि चार जनाले पाएका छन् । यसअघि एक वा दुईजनाले पाउने गरेको पुरस्कार यसपपटक चारजनालाई दिन थालिएको हो ।
राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा छन् ।

नाम : शिवबहादुर कार्की
पिता: स्व. चुम्बकबहादुर कार्की
माता: स्व. भक्तकुमारी कार्की
पत्नी: सावित्री कार्की
सन्तान: तीन छोरी र एक छोरा
जन्म: २००३ माघ २८ गते (१९४७।२।१४)
जन्मस्थान: शंकरपुर, विराटनगर–२, मोरङ
शिक्षा: २०२९ सालमा त्रिविविबाट गणितमा स्नातकोत्तर (एम.एस्सी)
जानेका भाषाहरु : नेपाली, अंग्रेजी, मैथली र हिन्दी
भ्रमण गरेका देश: भारतका केही राज्य, अमेरिकाको टेक्सास राज्य

क. त्रि.वि.वि. बाट दीर्घ सेवा पदक
ख. प्रकाश मानव अधिकार पुरस्कार २०६२ बाट पुरस्कृत
ग. पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गरे वापत भानुकला केन्द्र विराटनगरबाट सम्मानित
घ. महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट वरिष्टताको आधारमा सम्मानित
ङ. होरिजन म्यूजिक एण्ड स्पोर्ट क्लवबाट वरिष्ट पत्रकारका आधारमा सम्मानित
च. भट्टराई सेवा समाजबाट २०६३ मा सम्मानित
छ. स्टार बोर्डिङ स्कूलबाट समाज सेवा, शिक्षा र पत्रकारितामा योगदान पू¥याए वापत सम्मानित
ज. नेपाल पत्रकार महासंघ केन्द्रिय समितिबाट प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित
झ. राष्ट्रिय विभुति साहित्यिक प्रतिभा पुरस्कार कोषबाट राष्ट्रिय विभुति पत्रकारिता पुरस्कारबाट पुरस्कृत
ञ. नेपाल गणित समाज केन्द्रिय समितिबाट सम्मानित
ट. मोरङ समाज काठमाडौंबाट सम्मानित
ठ. मानव अधिकार सरोकार केन्द्र क्ष्ँेत्रीय समितिबाट सम्मानित
ड. पुष्पलाल स्मृति प्रतिष्ठान मोरङद्वारा सम्मानित
ढ. लायन्स क्लव विराटनगरबाट सम्मानित
ण. आफ्नो सम्पादनको साप्ताहिक दिग्दर्शनलाई विराटनगर उपमहानगरपालिकाबाट पुरस्कृत
त. अन्य विभिन्न दुई दर्जन संघ संस्थाबाट पुरस्कृत र सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्