मोरङको विराटनगर-१४ स्थित हनुमान मन्दिर नजिकैबाट प्रहरीले सोमबार प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन ट्याबलेट सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी धरान ८ बरगाछी बस्ने ३३ बर्षिय विशाल तामाङ रहेका छन्। उनलाई सि आर भी जतुवाबाट खटिएको प्रहरीको टोलीले रानीबाट विराटनगरतर्फ जाँदै गर्दा पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट स्पास्मोप्रोक्सिभन २८८ ट्याबलेट बरामद गरेको छ। पक्राउ परेका तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।