सिरहामा झाडापखालाबाट एककको मृत्यु १० बिरामी

सिरहामा झाडापखालाबाट एककको मृत्यु १० बिरामी

सिरहाको बरियारपट्टी गाँउपालिका-१ स्थित नर्गी टोलमा केही दिन देखी फैलिएको झाडापखालाले एक बालिककको ज्यान गएको छ भने अन्य १० जना बिरामी भएका छन्।
स्थानीय राम उधागर सदायकी १० बर्षिया छोरी कविता सदायको झाडापखालबाट मृत्यु भएको हो।
गाउँमा महामारी फैलिएपछी सोही गाउँपालिका बस्ने ६० बर्षिया सदामादेवी साह, २२ बर्षिया कविता सदाय, ४० बर्षिया ललिता देवी सदाय, ७० बर्षिया रेश्मा सदाय, राजेन्द्र सदायकी ५ बर्षिया छोरी सुनिता सदाय, रमेश सदायकी ४ बर्षिया छोरी राधिका सदाय, १८ बर्षया उषा सदाय, ४० बर्षिया भुल्लु सदाय, श्रीप्रसाद सदायकी ६ बर्षिया छोरी मधु सदाय र ७० बर्षिय विवेकान्त वैरागी बिरामी परेका हुन्।
बिरामी मध्ये समादेवी साहको धनगढी स्थित श्रमजिवी अस्पतालमा र कविता सदायको भारतको लदियानमा उपचार भइरहेको छ भने अन्यको स्थानिय क्लिनिकमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्