माग पुरा नभए संघीय समाजवादी फोरम नेपालले मधेसमा चुनाव हुन नदिने

माग पुरा नभए संघीय समाजवादी फोरम नेपालले मधेसमा चुनाव हुन नदिने

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने दाबि गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत मधेसका माग पुरा नभएसम्म मधेसमा चुनाव हुन नदिने चेतावनी बताएका छन् ।

वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितिमा सोमबार आयोजित एक दिने गोष्ठीलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन नभए दोस्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपालले भाग नलिने र चुनाव पनि हुन नदिने दाबि गरे । मधेसको माग सम्बोधन नभएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उनको भनाइ छ ।

उनले भने,‘ जबसम्म संविधान संशोधन हुँदैन तबसम्म मधेसमा चुनाव हुन दिन्नौं। यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्