कर्मचारीलाइ तलब नदिएपछि ग्रिनक्रस अस्पताल विराटनगरको घर जग्गा रोक्का

<span class='c1'>कर्मचारीलाइ तलब नदिएपछि ग्रिनक्रस अस्पताल</span> <span class='c2'>विराटनगरको घर जग्गा रोक्का</span>

विराटनगरको रंगेली रोडमा रहेको ग्रिनक्रस अस्पतालको घर जग्गा किनबेच रोक्का गरिएको छ । उक्त अस्पतालले ३५ जना कर्मचारीको तलब नदिएपछि श्रम कार्यालयमा उजुरी परेकाे थियाे । उजुरी उपर सुनवाइ गर्दै श्रम कार्यालयले उक्त कर्मचारीहरुलाई तलब उपलब्ध नगराए सम्म अस्पतालको घर जग्गा किनबेचमा रोक्का लगाएको हो । तलब नपाएपछि उनिहरुले एन्टी करप्सन मूभमेन्ट मार्फत सहयोग मागेका थिए ।धेरै चरणमा वार्ता भए पश्चात अस्पताल प्रशासनले तलब दिने भनेपनि झुलाउने काम मात्रै गरेपछि श्रम कार्यालयमा उजुरी गरिएको मुभमेन्टका अध्यक्ष पारुल क्षेत्रीले बताए । अस्पतालका कर्मचारीले २ महिना देखि ६ महिना सम्मको तलब नपाएको क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्