कलेजो प्रत्यारोपण सम्बन्धी सेमिनार सम्पन्न

कलेजो प्रत्यारोपण सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं बैशाख २७ , वि.एल.के. सुपरस्पेसियलिटी अस्पतालको आयोजनामा  कलेजो प्रत्यारोपण सम्बन्धी एक दिने सेमिनार सम्पन्न भएको छ ।  लिभर ट्रान्सप्लान्ट विभागमा निर्देशक प्रा.डा. संजय सिंह नेगीले करिव १०० जना सहभागीलाई लिभर ट्रान्सप्लान्ट सम्बन्धी लेक्चर दिनुभएको थियो । विश्वमा भएका विभिन्न रोगहरुमध्ये मृत्युको प्रमुख कारक तत्वको रुपमा लिभर (कलेजो) फेलियरलाई पनि लिन सकिन्छ ।नेपाल र भारतमा मृत्यु हुने प्रमुख २० कारणहरुमध्ये कलेजो (लिभर) फेलिएर ९औं स्थानमा रहेको छ । कलेजो प्रत्यारोपण विश्वमा अहिले मानव जीवनको नयाँ आयाम रहेको पनि छ । कलेजो पूर्ण रुपमा विग्रिएपछि प्रत्यारोपण बाहेकको अर्को विकल्प नरहेको कुरा पनि डा. नेगीले प्रष्ट पार्नुभयो ।

डा. संजय सिंह नेगीका को–अर्डिनेटर उमेश खत्रीका अनुसार कलेजो प्रत्यारोपण सम्बन्धी यस्तैखाले सेमिनार धरान, पोखरा, विराटनगर र झापामा पनि गरिने बताएका छन् । छिटै ती क्षेत्रमा भएका अस्पतालहरुको सहयोगमा सेमिनार आयोजना गरि कलेजो रोग र प्रत्यारोपण सम्बन्धी जानकारी दिइनेछ ।डाक्टर संजय सिंह नेगी विश्व प्रसिद्ध कलेजो प्रत्यारोपण सर्जनका रुपमा परिचित हुनुहुन्छ । बरिष्ठ कलेजो रोग विशेषज्ञ डाक्टर दिलिप शर्माले पनि नेपालमा दिन प्रतिदिन कलेजो रोगीहरु बढिरहेको र उक्त रोगलाई समयमै समाधानको बाटोमा लानुपर्ने धारणा राख्नुभएको थियो । सरकारले कलेजो रोगका विरामीको उपचारमा पनि विशेष योजना ल्याएर कार्यान्वयन गर्नु आवश्यक रहेका डाक्टर शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्