भुकम्प पिडित किसानलाइ पशुसेवा कार्यालयले अनुदान बाँड्ने

भुकम्प पिडित किसानलाइ पशुसेवा कार्यालयले अनुदान बाँड्ने

जिल्ला पशुसेवा कार्यालय धनकुटाले भूकम्पपीडित किसानका लागि अनुदान वितरणको तयारी गरेको छ ।
२०७२ सालको भूकम्पबाट प्रभावित रातो परिचयपत्र पाएका धनकुटाका करिब ६ सय किसान परिवारलाई दुई हजार उन्नत कुखुराको चल्ला, बंगुरपाठा र ८० वटा प्रजनन् योग्य बोका बितरण गर्नुका साथै गाई–भैंसीको गोठ र बाख्राको खोर सुधारका लागि नगद अनुदान दिन लागेको कार्यालयले जनाएको छ । यसका लागि जिल्ला पशुसेवा कार्यालय धनकुटाले गाउँमै शिविर सञ्चालन गरेर किसानसँग अनुदान सम्झौता गरिरहेको छ । यसका साथै मुढेबास, मूर्तिढुंगा र लेगुवामा संचालित निःशुल्क पशु स्वास्थ्य शिविरमार्फत कार्यालयले पशु वस्तुको आन्तरिक परजीवि परीक्षण गरी उपचार तथा भ्याक्सिन र औषधि वितरण गरेको छ । गाउँघरमै शिविर चलाएर पशु उपचार र औषधि वितरण गरिएपछि किसानहरु खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्