सप्तरीमा दुइ दुर्घटना

सप्तरीमा दुइ दुर्घटना

सप्तरीको खड्क नगरपालिका ७ स्थित राजमार्गमा बुधबार राती ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका १० बस्ने २४ बर्षिय जगनाथ चौधरी रहेका छन् ।
पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त २०८४ नम्बरको ट्याक्टरले बिपरित दिसाबाट आउँदै गरेको स ७ प ७९०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते चौधरीलाई उपचारकालागी लहानतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यता सप्तरीकै सुरुङगा नगरपालिका १ मा बुधवार साँझ मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाईते भएका छन्।
गाईघाट कदमाहा सडक खण्डमा गाईघाटबाट कदमाहातर्फ आउँदै गरेको अन टेष्ट मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाईकल चालक सुरुङगा नगरपालिका १ बस्ने सुलेन्द्र राम मोटरसाईकलको पछाडी सवार सुरेन्द्र राम र चन्द्रजित राम रहेका छन्। उनीहरुलाई उपचारकालागी सप्तऋषी अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय भेडीयाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्