विराटनगरमा लागुअाैषधसहित एक जना पक्राउ

विराटनगरमा लागुअाैषधसहित एक जना पक्राउ

मोरङको बिराटनगर उप-महानगरपालिका १५ स्थित हुलास चौकबाट प्रहरीले बुधबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
बिराटनगर उप-महानगरपालिका ४ बाँसबारी बस्ने जे तामाङलाई प्रहरीले बिहान साढे १० बजे पक्राउ गरेको हो। तामाङको साथबाट प्रहरीले सय थान नाईट्रोसन ट्याबलेट फेला पारी बरामद गरेको छ।
उनलाई बिशेष सुराकीको आधारमा भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको अबस्थामा सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो।
तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्