बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी

<span class='c1'>बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका</span> <span class='c2'>बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी</span>

जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा जिल्लामा सञ्चालित बिना अनुमति अवैध रुपमा सञ्चालित बोर्डिङ स्कुललाई शुद्धीकरण गर्ने प्रक्रिया अघि बढाइएको धनुषाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताउनुभयो ।

जिशिअ महतोले उक्त बैठकबाट सात दिनभित्र जिल्लामा सञ्चालित निजी विद्यालयमा अनुमति प्राप्त विद्यालयको खोजीकार्य तीव्र बनाउने निर्णय गरिएको बताउँदै जिल्लामा कतिको निजी विद्यालय अनुमति प्राप्त छन्, हामी त्यसको खोजी गरेर कति कक्षासम्म अनुमति प्राप्त गरेको र कति कक्षासम्म सञ्चालन गरेको बारेमा समेत खोजबिन गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकबाट जिल्ला शिक्षा कार्यालय धनुषाबाट अनुमति प्राप्त विद्यालयको अन्तिम नामावली पेस गर्दैै कुनै विद्यालयले प्रमाण जुटाउन तत्कालै नसकेको खण्डमा प्रमाण पेस गर्न समयसीमा दिने निर्णय गरिएको जिशिअ महतोले बताउनुभयो ।

उहाँले कुनै विद्यालयको प्रमाण छुटेमा वा सरोकारवालाले गरेको अनुगमनमा कुनै त्रुटि भएको खण्डमा सच्याउने अवधि दिइने बताउनुभयो ।

यसका साथै अधिकारी महतोले पाठ्यपुस्तकको नाममा पाठ्यपुस्तक विक्रेता, विद्यालयले कमिशनको खेलमा लागेर अभिभावकहरुबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासो बढेको भन्दै चर्को शुल्क लिने त्यस्तो विद्यालयलाई समेत कारवाहीको दायरामा ल्याउने जनाउनुभयो ।
प्यासबनका अध्यक्ष विश्वलाल सिँहले यो साता जिल्ला विद्यालयहरु अनुगमन गरिने र सरकारको शैक्षिक प्रावधान अनुसार शैक्षिक गुठीमा दर्ता भएपछि मात्र विद्यालय संचालन गर्नुपर्ने रहेको छ, र सो नभएमा विद्यालय अबैद्य मानिने छ ।
प्यावसन अध्यक्ष सिंहको अनुसार जिल्ला भरिमा एक सय बढी विद्यालयहरु अबैद्य हुन सक्छ, जनकपुर उपमहानगरपालिका भित्रै मात्र ३० बढी निजी विद्यालयहरु बिना अनुमति सचालनमा रहेको छ । उहाँले भन्नुभयो –‘त्यस मध्ये १० वटा त यस्तो छ की एक कक्षा सम्मको पनि अनुमति पाएको छैन, तर विद्यालय संचालन गरिरहेका छन् ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्