सप्तरी, बैशाख २९ गते
सप्तरीको रुपनी गाउँपालिका ८ मा बुधबार करेण्ट लागेर एक युवतीको मृत्यु भएको छ।
आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ बर्षिय गोमा कट्वालको मत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।
करेण्ट लागेर घाईते भएकी उनलाई उपचारकाकालागी सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो।