संखुवासभा, बैशाख २९ गते
संखुवासभाको खाँदबारी नगरपालिका १० मा बुधबार लडेर एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ बर्षिया माया तामाङ रहेकी छन्। उनको बाख्रा चराउने क्रममा स्थानीय निलमणी डाँडाबाट लडेर अन्दाजी ५० मिटर तल खसेकी थिईन्।
तामाङको घट्नास्थलमा नै मृत्यु भएको हो भने आवश्यक कानूनी प्रकृया पुरा भईसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।