संखुवासभा, बैशाख २९ गते
संखुवासभाको मकालु गाउँपालिका ३ मा बुधबार जाँडको निगार खाँदा एक बालकको ज्यान गएको छ।
स्थानीय भीम बहादुर तामाङको ५ बर्षिय छोरा शुसिल तामाङले आफ्नै घरमा बनाई राखेको जाँडको निगार खाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
निगार खाएर बेहोस भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।