भक्तपुरमा आज विहान सिलिन्डर बम विस्फोट

भक्तपुरमा आज विहान सिलिन्डर बम विस्फोट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ ।

दुवाकोटको काठमाडाँै मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिए ।

बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरी घटनामा संलग्नको खोजी सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निष्क्रिय गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्