इडुमार्क बिराटनगरमा सि-म्याटको अभिमुखीकरण कक्षा

इडुमार्क बिराटनगरमा सि-म्याटको अभिमुखीकरण कक्षा

बिराटनगर बैशाख २९ ,

पुर्वान्चलको सबैभन्दा बढी सि-म्याट परिक्षा उतीर्ण गराउन सफल दाबि  गरिरहेको इडुमार्क बिराटनगरमा आज सि-म्याटको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर १३ मा रहेको उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत  स्नातक तहमा भर्ना हुन् लिइने सि-म्याटको तयारी कक्षा सुरु गरेको हो । अभिमुखीकरण कार्यक्रममा इन्स्टिच्युटका निदेशक रवि गुप्ताले सि-म्याट परिक्षा तथा यस परिक्षा कसरी उतिर्ण गर्न सकिन्छ भनेर बिद्यार्थीहरुलाई बताएका थिए । साथै युथ फर ब्लडका केन्दीय उपाध्यक्ष तथा ओबी मिडियाका निर्देशक बिबेक दाहालले युवाहरुसंग अन्तरक्रिया समेत गरेका थिए ।बिगतका बर्ष झैँ यस बर्ष पनि पुर्वान्चल सबैभन्दा बढी सि-म्याट परिक्षा उतीर्ण गराउन सफल हुनेमा आफु ढुक्क रहेको इन्स्टिच्युटका संचालक दिपेन्द्र मेहताले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्