न्युराे अस्पतालमा नर्स दिवस विशेष कार्यक्रम सम्पन्न

न्युराे अस्पतालमा नर्स दिवस विशेष कार्यक्रम सम्पन्न

विश्व नर्सिगं दिवसको अवसरमा न्यूरो कार्डियो तथा मल्टिस्पेशियालिटि हस्पिटल प्रा. लि.ले नर्सिगं दिवश विशेष कार्यक्रमको आयोजना गरेकाे छ। साे अवसरमा अस्पतालका प्रबन्ध निर्देशक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्टले नर्सिङ पेशाकाे प्रणेता फ्लोरेन्स नाईटेगंलको जिवनी तथा नर्सिगं दिवसको महत्वको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा अायाेजना गरिएकाे नर्सिगं दिवशको महत्वको बिषयमा निबन्ध लेखन प्रतियाेगितामा सुजाता खनाल प्रथम भएकि छिन । यसैगरी चित्रकला प्रतियोगितामा मेहेक परवीन भइन । अस्पतालले वर्षकाे उत्कृष्ट नर्सका रूपमा शोभा भटराई, उत्कृष्ट वार्ड इन्चार्जका रूपमा सुजना पराजुली लगायत विभिन्न वार्डका उत्कृष्ट १७ जना नर्सलाई पुरस्कृत समेत गरेकाे छ । यस्ता प्रकारका क्रार्यक्रमहरूलाइ निरन्तरता दिने अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्