९ महिने छाेरीसहित एक महिनादेखि हराइरहेकि महिला अझै बेपत्ता, परिवार चिन्तामा

९ महिने छाेरीसहित एक महिनादेखि हराइरहेकि महिला अझै बेपत्ता, परिवार चिन्तामा

दोलखा जिल्लाकाे जफे गाबिस वार्ड नं ६ घर भई भक्तपुर कटुन्जे डेरा गरि बस्दै अाएकि २६ वर्षिय महिला ९ महिनाकि छोरीसहित एक महिनायता हराइरहेकि छिन् । दाजुकाेमा जान्छु भनेर घरबाट निस्केकि दीक्षा पोखरेल न्याैपाने गत चैत्र २९ गते बिहान देखी हराइ रहेकाे उनका श्रीमान राज न्याैपानेले अावर विराटनगरलाइ बताए । वैदेशिक राेजगारीका क्रममा युएइमा रहेका राज हाल नेपाल फर्किएर छाेरी र श्रीमतीकाे खाेजीमा छन् । 'प्रहरीमा रिपाेर्ट लेखाउँदा पनि केहि पत्ता लाग्न सकेकाे छैन' राजले अपिल गरे 'विभिन्न कारणले गर्दा म नेपाल आउन ढिला भयो । तर आज सबै प्रक्रिया मिलाएर सधैको लागि तिमि भनेर म नेपाल आई सकेको छु र मलाई आसा छ जहाँ जुन अबस्था जसरी बसेको भए पनि एक पल्ट मेरो सम्पर्क मा आउ।
म केबल तिम्रो कल को प्रतिक्षामा छु ।'
साथै राजले अाफ्नाे श्रीमती र छाेरीलाइ जहि कतै देख्नु हुनेहरूले 9860903452 नम्बर या नजिकैको प्रहरी चौकीमा खबर गरिदिन अनुराेध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्