बेलबारीमा दुर्घटना एकको मृत्यु, २० घाइते

बेलबारीमा दुर्घटना एकको मृत्यु, २० घाइते

मोरङको बेलबारी -४ स्थित बेतनी सिमसार नजिकै शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ८८९१ नम्बरको बस सोही दिशातर्फ आउँदै गरेको बा २ ख ७१८५ नम्बरको टिफरमा ठक्कर लागी पुन सोही टिफरले को १ ज २७४१ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिँदा सुनसरी घरान-१३ बस्ने ७७ बर्षिय भिम लिङदेनको मृत्यु भएको छ।
दुर्घटनामा सुनसरी घरान-१३ बस्ने ५२ बर्षिय मदन गुरुङ, सोही ठाउँका ९ बर्षिया नयाँ गुरुङ, ईटहरी-२ बस्ने ४१ बर्षिय चन्द्रिका राइ, मोरङ कानेपोखरी-६ बस्ने ७० बर्षिय तिलमाया ताम्ली, झापा गौरादह-१ बस्ने ४१ बर्षिय तिलचन ढुङगाना, १८ बर्षिया अस्मिता ढुङगाना गम्भिर घाइते भएका छन्।
उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने अन्यको स्थानिय बेलबारी अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्