मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, ५ घाईतेकाे विराटनगरमा उपचार हुँदै

<span class='c1'>मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, ५</span> <span class='c2'>घाईतेकाे विराटनगरमा उपचार हुँदै</span>

सिरहाको लहानमा नगरपालिका १२ मा शनिबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन्।
पूर्व पश्चिम राजमार्गमा पूर्व आउदै गरेको स ८ प १०११ नम्बरको मोटरसाईकल र विपरित दिसाबाट जाँदै गरेको लु ३ प ४८५५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा सो दुर्घटना भएको थियो।
दुर्घटनामा परी १०११ नम्बरको मोटरसाईकल चालक सिरहा मोहनपुर कमलपुर ९ बस्ने सन्तोष चौधरीको मृत्यु भएको हो।
त्यस्तै सोही मोटरसाईकलको पछाडी सवार मृतकको दाजु लक्ष्मीकान्त चौधरी र बनौली ८ बस्ने देबनन्द चौधरी घाईते भएका छन्।
यसैगरी ४८५५ नम्बरको मोटरसाईकलमा सवार सप्तरी हनुमाननगर नगरपालिका १० बस्ने सुरेश यादव, नारायण यादब र अनिल यादब घाईते भएका छन् ।
घाईते पाँचै जनालाई उपचारकालागी न्यूरो अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

प्रहरी स्राेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्