स्थानीय तहका जनप्रतिनिधिको लागि झापामा धमाधम कार्यकक्ष तयारी गर्न थालियो

स्थानीय तहका जनप्रतिनिधिको लागि झापामा धमाधम कार्यकक्ष तयारी गर्न थालियो

अर्जुनधारा/ स्थानीय तहका जनप्रतिनिधिको लागि झापामा धमाधम कार्यकक्ष तयारी गर्न थालिएको छ ।
जननिर्वाचित प्रतिनिधिको लागि सुविधा सम्पन्न कार्यालय तयारी भईरहेको छ । बिहीबार दिउँसो अर्जुनधारा नगरपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा मेयर र उपमेयरको कक्ष तयारीमा आवश्यक सामग्री मिलाउन निर्देशन गरिरहेको अवस्थामा भेटिए । एक नम्बर प्रवेशको स्थानीय तहको निर्वाचन जेठ ३१ गते हुँदैछ । सो निर्वाचनबाट विजय हुने मेयर र उपमेयरका लागि कार्यकक्ष तयारी गर्न अधिकृत खतिवडा व्यस्त थिए । सानदार कार्यकक्ष तयारी भईरहेको पाईएको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले कर्मचारी क्षेत्र पनि राम्रै उत्साह भएको त्यहाँको माहोल बुझ्न सकिन्थ्यो । सानदार टेबल, कुर्सी, फराकिलो कोठा र वरिपरि सोफा राखेर मेयरको कोठा तयारी भईरहेको थियो । एसी र सिसि क्यामरा सहित मेयरको कोठा तयारी गरिएको छ । यस्तै उपमेयरका लागि पनि सुविधा सम्पन्न कोठा तयारी गरिँदैछ ।
कार्यकक्षको वनावटले पनि असल, व्यक्तित्व खोजिरहेको त्यहाँको माहोलले महसुस गर्न सकिन्थ्यो । सरकारले देशमा यसैगरी तयारीका लागि मातहतका कार्यालयलाई परिपत्र गरेको छ । गत चैत १३–१४ गते विराटनगरमा अधिकृतलाई तयारीका विषयमा अनुशिक्षण गरिएको थियो । स्थानीय तह सञ्चालन आदेश २०७४ ले व्यवस्था गरे अनुरुप नै काम गरिरहेको अधिकृत खतिवडाले जानकारी दिए ।
अर्जुनधारा–८ मा निर्माण गरिएको नगरपालिकाको नयाँ भवनलाई प्रविधिमैत्री बनाइएको छ । मेयरले आफ्नै कार्यकक्षबाट कर्मचारीले काम गरेको÷नगरेको सिसि क्यामराबाट हेर्नेछन् । ६० जना क्षमताको वैठक कक्ष सहित मेयर÷उपमेयरका लागि भौतिक पूर्वाधार तयारी गरिएको कार्यालयका अधिकृत खतिवडाले बताए । उनले भने – ‘सम्पूर्ण तयारी गर्न अझै केही दिन लाग्छ ।’
मन्त्रालयले भौतिक पूर्वाधार सहित स्थानीय तह सञ्चालनका लागि हरेक कार्यालयलाई १ करोड रुपैया दिने तयारी गरेको छ । पहिलो चरणमा ५२ लाख उपलब्ध गराइसकेको बुझिएको छ । कार्यालयमा आएका सेवाग्राहीले उक्त कक्षमा इमान्दार, कर्तव्यनिष्ठ, पारदर्शी, जनताको प्रतिनिधित्व गर्न सक्ने र आफ्नो नगरलाई सम्वृद्ध बनाउन सक्नेले मात्र सो कार्यकक्षमा बस्नका लागि हिम्मत गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । इजलास दैनिक , झापा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्