ह्वील चेयरको सहारामा जीवनयात्रा अगाडि बढाउदै मुखिया

ह्वील चेयरको सहारामा जीवनयात्रा अगाडि बढाउदै मुखिया

भद्रपुर ÷इलाम नगरपालिका–३ का टेक बहादुर मुखिया ह्वील चेयरको सहारामा जीवनयात्रा अगाडि बढाईरहेका छन् ।
ह्वील चियरको सहरामा जीवन यात्रा गरेपनि दक्ष प्राविधिक बन्ने सपना उनमा छ । झापाको चन्द्रगढी नजिकै रहेको ग्रामीण प्रशिक्षण केन्द्रमा इलेक्ट्रिक तालिम लिइरहेका मुखिया दक्ष प्राविधिक बन्ने अठोट सहित तालिममा सहभागी भएको बताउँछन् । शारीरिक रुपमा अपांगता भएपनि मानसिक रुपमा सबल भएको उनको प्रतिक्रिया छ । गत फागुन ३ गतेदेखि उनले प्रशिक्षण केन्द्रमा टेलिभिजन, इन्भर्टर, मोबाइल सहित विद्युतिय सामग्री बनाउने तालिम लिइरहेका छन् ।
२८ वर्षिय टेक बहादुरले विद्यालय टाढा भएकाले अध्ययन गर्न छोडे । घसारिएर विद्यालय जानु पर्ने वाध्यताले विद्यालय छोडनु परेको बताउँछन् । केही समय अघि करुणा फाउण्डेशनले चेयर उपलब्ध गराए पछि मात्र उनको हिम्मत पनि बढेको छ । ‘काम नगर्नेहरु सबै अपांग हुन्, उनले भने मैले गर्न सक्ने कामको छनौट गरेर स्वरोजगार बन्न सक्छु ।’
राम्रो इलेक्ट्रोनिक बन्ने उनको सपना पुरा गर्न करुणा फाउण्डेशनको सहयोगमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुर र पञ्चदेवी टेक्निकल ट्रनिङ सेन्टर इटहरीले तालिम दिइरहेका छन् । जीवनलाई संघर्षका रुपमा बुझेका उनले आफु अपांगता भएकोमा पछुतो मानेका छैनन् । उनले थपे ‘जीवन संघर्ष हो, बसेर गर्ने काम रोजे ।’
उनको दुवै खुट्टा चल्दैनन् । बोल्नमा पनि सामान्य समस्या छ । जन्मजात अपांगता भएका उनी जेठो छोरो हुन् । किसान परिवारमा हुर्किएका टेक बहादुरको शाहसले दक्ष प्राविधिक बन्ने सपना पुरा गर्ने आधार तयार गरेको छ । विदेशमा दुःख गर्ने दाजुभाईले यहि केही गर्नुपर्छ भन्ने उनको सुझाव छ । इजलास दैनिक , झापा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्