भारी वर्षाका कारण मतदान प्रभावित

भारी वर्षाका कारण मतदान प्रभावित

गोकर्ण । भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

शङ्खरापुर नगरपालिकाका सम्पूर्ण मतदान केन्द्रमा वर्षाले मतदान प्रभावित भएको र पानी रोकिनेबित्तिकै चुनावी काम पुनः सञ्चालन गरिने नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले राससलाई जानकारी दिए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्