विदेशी पर्यटकले पनि निकै रुचिपूर्वक अवलोकन गरे निर्वाचनलाई

<span class='c1'>विदेशी पर्यटकले पनि निकै</span> <span class='c2'>रुचिपूर्वक अवलोकन गरे निर्वाचनलाई</span>

पाटन । नेपालमा दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले पनि निकै रुचिपूर्वक अवलोकन गरेका छन् ।

प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमणका लागि विभिन्न मुलुकबाट आएका विदेशीले पर्यटकीयस्थल भ्रमणका क्रममा स्थानीय निर्वाचनको अवलोकन गरेका हुन् । काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय क्षेत्र वसन्तपुर दरबार, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार क्षेत्रमा घुम्ने पर्यटकले आसपासका निर्वाचन केन्द्रमा भइरहेको मतदानको उत्सुकताका साथ जिज्ञासा शान्त पार्ने र तस्बिर खिंच्ने काममा व्यस्त देखिन्थे ।

मतदान भइरहेको स्थल पाटन दरबार क्षेत्रमा भेटिएका स्विट्जरल्यान्ड, नेदरल्यान्डस, अस्ट्रियालगायत देशका पर्यटकले नेपालमा शान्तिपूर्ण वातावरणमा व्यस्थित रुपमा भएको निर्वाचन हेरेर खुसी लागेको प्रतिक्रिया दिए । उनीहरुले मतदानस्थलमा महिला र पुरुषको भिन्न भिन्न लाइनमा शान्तपूर्वक मतदान गरिरहेको दृश्यलाई तस्बिरमा कैद गर्नका साथै केही मतदातासँग भलाकुसारी पनि गरेका थिए ।

स्विस मार्सेल सोनीले नेपालमा लाइनमा शान्तिपूर्ण बसेर मतदान मतदान गरेको देख्दा असाध्यै खुसी लागेको बताए । डच भिगिना ह्यान्सेलले आफूले भ्रमणसँगै निर्वाचनको उत्सुकतापूर्वक अवलोकन गरेको र यहाँको वातावरणले छुट्टै आनन्दित तुल्याएको बताए ।

अन्य युरोपेलीलगायत मुलुकबाट आएका पर्यटकले पनि नेपालमा निर्वाचन भएकामा खुसी व्यक्त गरेका छन् । समूह गत रुपमा उनीहरुले हाँसेर हात हल्लाउँदै भने, “वी आर भेरी ह्याप्पी याट दिस इलेक्सन बिइङ होल्ड ”हामी यो निर्वाचन देखेर धेरै खुसी छौँ । यी प्रतिनिधि पर्यटक जस्तै चीन, जापान, दक्षिण कोरियालगायत मुलुकबाट आएका पर्यटक पनि निर्वाचनस्थलको तस्बिर लिन व्यस्त देखिन्थे ।

ट्राभल मेकरका पर्यटक पथप्रदर्शक सुमन पन्तले निर्वाचनको दिन बिहानैदेखि पर्यटकीय क्षेत्र आसपासका मतदान केन्द्रमा पर्यटकले तस्बिर र भिडियो खिंचेर उत्साहपूर्वक जिज्ञासा लिएको बता । उपत्यकाका धेरै पर्यटकले भ्रमण ‘प्याकेज’का रुपमा पनि निर्वाचनलाई लिएको जानकारी उनले दिए ।

निर्वाचनको दिन सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधन नचल्दा राजधानीका सडक सुनसान देखिए पनि मुख्य पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बाक्लो देखिन्थ्यो । चर्को घाममा हातमा आइसक्रिम र चिसो पेयपदार्थका साथमा हुलका हुल पर्यटक गन्तव्यमा घुमिरहेका थिए । सडक खुल्ला हुँदा उनीहरुले सडकका गतिविधिलाई पनि नियाले ।

बीच सडकमा बालबालिकाले क्रिकेट, फुटबल खेलिरहेका दृश्य उनीहरुका लागि रुचिपूर्ण थियो । लामो बाटो सवारी साधनको पर्वाह पनि नगरी केही पर्यटक छाता ओढेर र शिशु च्यापेर हिँडिरहेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्