एमाले निकट राष्ट्रिय बाणिज्य संघको विराटनगर कमिटी गठन

एमाले निकट राष्ट्रिय बाणिज्य संघको विराटनगर कमिटी गठन

नेकपा एमाले निकट राष्ट्रिय बाणिज्य संघको विराटनगर कमिटी गठन गरिएको छ ।
संघले हिजो विराटनगरमा आयोजना गरेको बृहत नगर ब्यवसायी भेलाबाट चन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा १८ सदस्यीय कमिटी छनौट गरिएको हो । अध्यक्षमा अधिकारीसँगै उपाध्यक्षमा सुरेश भट्टराई, सचिवमा सुमन पोखरेल, सहसचिवमा लोकनाथ अधिकारी र कोषाध्यक्षमा कला डांगीलाई चयन गरिएको छ । यस्तै सदस्यमा जयकमल अग्रवाल, दिपक राय, टेकप्रसाद पौडेल, पुण्यराज खड्का र मनिस गुरुङलगायत छन् । यसअघि भएको कार्यक्रममा बोल्नुहुँदै सांसद एवं नेकपा एमालेका मोरङ सचिव ऋषिकेश पोखरेलले अबको राजनिति समाजिक रुपान्तरणका लागि हुनुपर्ने बताउँदै त्यसका लागि उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष ध्रुव दाहालसहित नेकपा एमालेका विभिन्न तहतप्का ब्यक्तित्वका साथै उद्योग र ब्यापारसँग सम्बन्धित ब्यक्तिहरुले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्