मोरङको बिराटनगर उप-महानगरपालिका १६ बाट प्रहरीले आईतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले झापा गौरदह नगरपालिका ८ बस्ने २७ बर्षिय शिद्धिराज कार्की लागूऔषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ३ सय २० ट्याब्लेट लागूऔषध नाईटाभेट फेलापारी बरामद गरेको छ। उनीउपर थप अनुसन्धान भईरहेको छ।