भारतीय कारको ठक्करबाट एक घाईते

भारतीय कारको ठक्करबाट एक घाईते

सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित साङपाङ्ग चौकमा भारतीय कारको ठक्करबाट एक जना घाईते भएका छन्।
घाईते हुनेमा सुनसरी धरान उप-महानगरपालिका १५ बस्ने १९ बर्षिय राम राई रहेका छन्।
राईलाई कोशी राजमार्ग अन्तर्गत धरानबाट बिराटनगर आउँदै गरेको बिआर ११ क्यु ४६१९ नम्बरको कारले ठक्कर दिएको थियो।
ठक्करबाट घाईते राईलाई उपचारकालागी बिजयपुर अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। कार र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्