काठमाडौं । मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका लोकेन्द्रबहादुर घले २१४ मत ल्याएर विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उमेदवार घले ४१ मत बढी ल्याएर विजय भएका हुन् । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबैभन्दा पहिलो मतपरिणाम मनाङकै प्राप्त भएको हो ।