विराटनगर काेशी प्राेजेक्ट नजिकै छुरा प्रहार, एक घाईते

विराटनगर काेशी प्राेजेक्ट नजिकै छुरा प्रहार, एक घाईते

मोरङको बिराटनगर उप- महानगरपालिका १६ स्थित कोशी प्रोजेक्ट नजिक छुरा प्रहारबाट एक जना घाईते भएका छन् ।
हिजाे सोमबार राती साढे आठ बजे हिलटप होटलमा छुरा प्रहार भएकाे प्रहरीले जनाएकाे छ । उक्त घटनामा सोही ठाउँमा डेरा गरी बस्ने ३५ बर्षिय जितेन्द्र मेहता घाईते भएका छन् ।
उनलाई सोही ठाउँका राजु बैद्यले सामान्य बादबिबाद हुँदा छुरा र बोतल प्रहार गरेका थिए । छुरा प्रहारबाट घाईते मेहताको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
छुरा प्रहार गर्ने बैद्य फरार रहेकाले खोजी कार्या भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्