लागूऔषधसहित पाँच जना नियन्त्रणमा

लागूऔषधसहित पाँच जना नियन्त्रणमा

सुनसरीको ईटहरी उप-महानगरपालिका १२ बाट प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
त्यस्तै लागूऔषध कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।
लागूऔषध सहित सुनसरीको खनारबाट भारत हाजिगंज-३ बस्ने २२ बर्षिय मोहमद राजन अन्सारी र २१ बर्षिय प्रवेश यादवलाई पक्राउ गरेको हो।
उनीहरुलाई सिआरभी खनारबाट सवारी चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्रोजन ट्याब्लेट २ सय थान, डाईजेल्याब १ सय ४८ थान, लुपिजेसिक १ सय ४८ थान र एभिल १ सय ४८ थान फेला पारी बरामद गरेको हो।
त्यस्तै बिशेष सुराकीको आधारमा लागूऔषध कारोबारमा संलग्न सुनसरी धरान उप-महानगरपालिका २४ बस्ने २३ बर्षिय अभिषेक तामाङ, सोही नगरपालिका १४ बस्ने तारा बहादुर तामाङ र दिपेश खवासलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्