विराटनगरकाे ८ नम्बर वडाकाे कार्यालयमा साेमबार बमकाे हल्ला भइलियाे । संकास्पद अवस्थामा बाेरामा बाँधेकाे वस्तु देखेर स्थानीयले त्रसित हुदै प्रहरीलाइ खबर गरेका थिए । त्यस पछि नेपाली सेनाकाे विराटनगर विमानस्थलमा अवस्थित सुर्य दल गणबाट बम विस्फाेटल टाेली त्यहाँ पुगेकाे थियाे । कार्यालयकाे गेटकाे पर्खालमा शंकास्पद तरिकाले बाेराले बाँधेर उक्त वस्तु राखिएकाे थियाे । नेपाली जन परिषद वडा नम्बर ८ लेखिएकाे उक्त वस्तुलाइ नेपाली सेनाकाे टाेलीले डिस्पाेजलका क्रममा बम नभएकाे पत्ता लगाएकाे थियाे ।
दाेश्राे चरणकाे निर्वाचनलाइ सुरक्षा लक्षित गरि जनतालाइ डर देखाउन यस्ता गतिविधि बढिरहेकाे देखिन्छ ।