नकबजनी चोरीका फरार एक पक्राउ

नकबजनी चोरीका फरार एक पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीहरु खोजतलास गर्ने अभियान अन्तर्गत प्रहरीले मंगलवार एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नकबजनी चोरीमा फरार रहेका झापा सुरुङगा नगरपालिका ९ बस्ने निरज माझीलाई झापा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीउपर सम्मानित जिल्ला अदालत झापाको मिति २०७१ असार ३ गतेको फैसलाले १ बर्ष ११ महिना १ दिन कैद तथा ६९ हजार २ सय २२ रुपैँया सजाय तोकेको थियो। माझीलाई बुधबार जिल्ला अदालत झापामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्