लेटाङमा बसको ठक्करबाट बालक घाईते

लेटाङमा बसको ठक्करबाट बालक घाईते

मोरङको लेटाङ नगरपालिका ३ स्थित मिलन चौक सडक खण्डमा बसको ठक्करबाट मंगलबार एक बालक घाईते भएका छन्।
को १ ख ५२०८ नम्बरको ठक्करबाट सोही नगरपालिका ४ बस्ने तिर्थशेर राईको ४ बर्षिय छोरा संदेश राईलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाईते बालकलाई उपचारकालागी बिराट नर्सिङहोम बिराटनगर पठाईएको छ।
बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्