ट्याक्टरबाट लडेर मजदुरको मृत्यु

ट्याक्टरबाट लडेर मजदुरको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका ५ स्थित व्यापार संघको अगाडी ट्याक्टरबाट लडेर गएराती एक मजदुरको मृत्यु भएको छ।
ज्यान गुमाउनेमा सोही नगरपालिका ४ खोर्सानीबारी बस्ने १५ बर्षिय विनोद खड्का रहेका छन्।
भित्री सडक खण्ड अन्तर्गत को १ त ६९४४ नम्बरको ट्याक्टरमा मजदुरी गर्ने खड्का सोही ट्याक्टरबाट खसेर गम्भिर घाईते भएका थिए।
घाईते उनको उपचारको क्रममा अरनीको अस्पताल उर्लाबारीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्