पूर्वाअञ्चलमै पहिलो पटक ए लेभल कोर्ष पढाई हुदै

पूर्वाअञ्चलमै पहिलो पटक ए लेभल कोर्ष पढाई हुदै

विश्व वजारमा ए लेभल स्तरको शिक्षाको व्यापक माग भईरहेको बेला विराटनगरमा पनि ए लेभल कोर्ष संचालनमा आउने भएको छ ।
विराटनगर २ मा शनिहाट मार्गमा रहेको कृतिका एजुकेशन एण्ड हेल्थ फाउन्डेसन युरो कलेजले पुर्वाअञ्चल मै पहिलो पटक ए लेभल कोर्ष संचालनमा ल्याउने जनाएको छ । विद्यार्थीमा आफ्नो दक्षता र क्षमता अनुसारको शिक्षालाई मध्यनजर गर्दै ए लेभल कोर्ष संचालनमा ल्याएको युरो कलेजले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत क्याम्ब्रिज ईन्टरनेश्नल एक्जामिनेशन बोर्ड सी.आई.ईले चलाउने जनरल सर्टफिकेट अफ् एजुकेन जी.सी.ईको शैक्षिक कार्यक्रम रहेको यूरो कजेजका ए लेभल इन्चार्ज रमेश निरौलाले पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने “एसं.ई.ई सो सरह पछि विद्यार्थीहरुलाई विश्व विद्यालय प्रवेश गराउनु पूर्वको शिक्षा ए लेभल हो ।”
सैद्धान्तिक एवम् व्यावहारिक प्रविधीको उच्चतम उपयोग गरी पढाईने यस कोर्ष अध्ययन पस्चात विद्यार्थीहरु अन्य विषय पढे भन्दा बढी बहुप्रतिभाशाली हुने ए लेभल कार्यक्रम संयोजक रोशन भुजेलले दावी गरे । प्रत्येक वर्ष मे जुन र अक्टोबर नोभेम्बर गरी वर्षमा दुई पटक विश्व भरी नै एकै पटक परीक्षा संचालन भएपछि यसको रिजल्ट पनि एकै साथ अगष्ट र जनवरीमा प्रकाशन हुने गर्दछ ।
विश्वको १६० देशमा पढाई हुने यो ए लेभल प्रणाली र ग्रेडिङ प्रणाली पनि विश्वभर एउटै मापदण्ड हुन्छ । युरो कलेजमा ६० जना विद्यार्थीको कोटा रहेको अहिले प्रवेश परीक्षा धमाधम भईरहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्