इलामको देउमाई नगरपालिका-५ स्थीत पुलामी चौक बस्ने ४० बर्षिय दाताराम पौडेलको शुक्रबार करेन्ट लागेर ज्यान गएको छ।
देउमाई नगरपालिका-७ स्थित नेपाल बिधुत प्राधीकरण मंगलबारेमा कार्यरत पौडेललाई विद्युत बनाउने क्रममा दिउँसो २ बजेतिर अचानक करेन्ट लागेको थियो।
उनलाई उपचारकोलागी स्वास्थय चौकी मंगलबारेतर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल इलाम पठाएको छ।