जेभियर्समा सपथ तथा स्वागत कार्यक्रम सम्पन्न

<span class='c1'>जेभियर्समा सपथ तथा</span> <span class='c2'>स्वागत कार्यक्रम सम्पन्न</span>

विराटनगर ६ जेठ । वुढीगंगा गाँउपालीका वडा न.२, टंकिसीनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलमा विविध कार्यक्रमका साथ शनिवार सपथ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

शैक्षिक शत्र २०७४ का लागी निवार्चित स्कूल क्याप्टेन, भाइस क्याप्टेन, विभिन्न हाउस रेड, व्लु, ग्रीन र एल्लोका क्याप्टेन, भाइस क्याप्टेन साथै कक्षा १ देखि १० सम्मका कक्षा मनिटरहरुलाई आ–आफ्नो पदको सपथ ग्रहण गराईएको थियो । कार्यक्रममा यस वर्ष नयाँ भर्ना भएका विद्यार्थीहरुलाई समेत विभिन्न साँस्कृतिक कार्यक्रम गरी स्वागत गरीएको छ । स्कूलमा कक्षा नर्सरी देखि दश सम्म ५सय २९ विद्यार्थीहरु अध्ययनरत रहेका छन ।
मनिटरहरुमा कक्षा १ का आरुस पोखरेल र रुजन धिमाल, कक्षा २ का इरा थापा र सिद्धार्थ मगर, कक्षा ३ का सुनिता राउत र रोसन गीरी, कक्षा ४ का भुमिका राजवंशी र पींकी माझी, कक्षा ५ का सुरज भुजेल र अविसा वस्नेत, कक्षा ६ का प्रास्ना थापा र अनुभव थापा, कक्षा ७ का सुस्मिता भुजेल र अजय श्रेष्ठ , कक्षा ८ का दीप्सन भण्डारी र मनीष कुमार शाह, कक्षा ९ का मो.हुसेन र क्रीष्टिना वस्नेत र कक्षा १० का निरुता खवास र निरज झा रहेका छन् ।
हाउस अन्तर्गत रेड हाउस क्याप्टेन रेजीना गीरी र भाइस क्याप्टेन निशा घीमीरे, व्लु हाउस क्याप्टेन रीतीका काफ्ले र भाइस क्याप्टेन अनीसा घीसीङ, एल्लो हाउस क्याप्टेन सम्राट दाहाल र भाइस क्याप्टेन विशाल भट्टराई, ग्रीन हाउस क्याप्टेन नुमा लीम्बु र भाइस क्याप्टेन ललीता राजवंशी रहेका छन । साथै स्कुल क्याप्टेन कीरण घिमीरे र स्कुल भाइस क्याप्टेन जीवन अधिकारी र कविता माझी रहेका छन । त्यसैगरी अंकीता राना मगरको अध्यक्षतामा ९ सदश्यीय जेवियर्स वाल क्लव गठन गरीएको छ ।
कार्यक्रममा स्कुूका अध्यक्ष जीतनारायण थापा मगर, संस्थापकहरु जनक ढकाल,आर.सी कोइरालालगायतले शुभकामना तथा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्