मेरिल्याण्ड कलेजको लिडरसिप समिट चितवनको सौराहमा

मेरिल्याण्ड कलेजको लिडरसिप समिट चितवनको सौराहमा

बिराटनगर जेठ ७ ,

बिद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकासका लागि बेलायती विश्वविद्यालय उल्भरह्यामटनको सम्बन्धनमा सञ्चालित बिराटनगर-६ भ्रिकुटी चोकस्थित मेरिल्याण्ड कलेजले ४ दिने लिडरसिप समिट सम्पन्न गरेको छ । चितवनको सौराहमा भएको समिटमा कलेजका चौथो वर्षमा अध्ययनरत २२ विद्यार्थीहरुको सहभागीता रहेको थियो । उनिहरुलाई चितवनको सौराहा नजिकका गाउँमा गएर त्यहाँका जनता तथा ठाउँलाई लाभ हुने कुनै विजनेस प्लान बनाएर पेस गर्नुपर्ने अभ्यास दिइएको थियो । ५ समुहमा रहेका विद्यार्थीहरुले चितवनको बदरनी गाउँमा गएर त्यहाँका स्थानीयसंगको छलफलपछि बिजनेस प्लान तयार पारेका थिए । बिजनेस प्लान बनाएका मध्ये हात्तीको सौचबाट कागज उत्पादन गर्ने प्लान तयार गरेका बिद्यार्थीहरु प्राचि अग्रवाल , अन्जली शाह , रविन मेहता र सुभानी झाको समूह विजयी भएको र उनिहरुको समुहले नगद २५ हजार प्राप्त गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए । विद्यार्थीहरुलाई मनोरञ्जन साथै स्थानीयस्तरमा रहेको श्रोत साधनको प्रयोगबाट गर्न सकिने व्यवशायको ज्ञान दिन उक्त कार्यक्रम आयोजना गरिएको दाहालले बताए । कलेजमा बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ४ बर्षे कोर्स पढाई हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्